राजनीति

एमाले अध्यक्ष ओली र चिनीया नेता चाङ्सुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा चाङ्सु र ओलीबीच शिष्टाचार भेटवार्ता भएको हो।  

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए।

लीले आज नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ भाद्र २०७९ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App