राजनीति

केपी ओली आइपुगे जनकपुरधाम, काँग्रेसका शीर्ष नेताहरु पार्टी प्रवेश गर्ने तयारी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन्। उनलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता जनकपुरधाम विमानस्थलमा पुगेका छन्।

सोमबार बिहान साढे ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको भएपनि झण्डै दुई घण्टा ढिलो उनी जनकपुर आइपुगेका हुन्। जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

ओली सुरुमा यात्री निवासमा एमाले निकट बौद्धिक परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि तिरहुतिया गाछीमा आमसभालाई सम्बोधन गर्नेछन्। तिरहुतियागाछीमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ।

नेपाली काँग्रेसका नेता सन्तोष यादवसहित नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ। यादव नेपाली काँग्रेसको १४ औं महाधिवेशन धनुषा जिल्लाको सभापतिमा पराजित भएका थिए।

प्रकाशित: २७ भाद्र २०७९ ०८:३५ सोमबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम