राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

फाइल तस्बिर

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।

आजको बैठकमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बाँकी विषयमा भोलि बिहान ८ बजे बस्ने बैठकमा छलफल गरिने बताइएको छ।  

कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्। कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

प्रकाशित: २६ भाद्र २०७९ ०८:०९ आइतबार

सत्ता गठबन्धनका शीर्ष नेता