राजनीति

कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउन गठबन्धन आवश्यकः राठौंर

बाँकेको खजुरामा आयोजित कार्यक्रममा सहमहामन्त्री किशोरसिंह राठौंर लगायत।

नेपाली काँग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक परेको बताएका छन्।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ कार्यसमितिले बिहीबार खजुरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो देशका कम्युनिष्टरु विकासको पक्षधर हुन सकेनन्, कम्युनिष्ट भन्नेहरुलाई जनताको विकास, उन्नति, प्रगति र पक्षमा बोल्न लगाउनुछ, त्यसकारण यो गठबन्धनको आवश्यकता भएको हो, लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक छ।’

नेपालका कम्युनिष्टहरु विकासको पक्षधर हुन नसकेको राठौंरले बताए। संविधान कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि देशको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले सम्हालेको उनले बताए। यो देशमा सच्चा कम्युनिष्ट पार्टी नरहेको उनको भनाइ छ।

‘यो देशमा कुनै कम्युनिष्ट पार्टी छैनन्, तर धेरै पार्टी छन्’ राठौंरले भने। नेपाली काँग्रेसले ल्याएको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, सहकारी नीतिका कारण देशमा विकासले फड्को मारेको उनको दाबी छ। 

प्रकाशित: २३ भाद्र २०७९ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App