राजनीति

राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत

राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन्। बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका अनुसार चार सभापतिमा एकएक जनाको मात्रै उम्मेदवारी परेको छ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी), विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पद कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए। उनीहरु राष्ट्रियसभामा क्रियाशील छन्।  

सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन गर्ने तय भएको थियो।

प्रकाशित: २२ भाद्र २०७९ ०७:५१ बुधबार

राष्ट्रियसभा