राजनीति

एमालेले परमादेशी सरकार भनिरहँदा कानुनमन्त्री बन्दीको चित्त दुखेपछि...

फाइल तस्बिर।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर परमादेशी सरकार भनिरहेकोमा कानुनमन्त्री गोविन्द बन्दीले आपत्ति जनाएका छन्। साथै नेकपा एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न चेतावनी समेत दिएका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन क्रममा मन्त्री बन्दीले संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेरै संवैधानिक इजलासले फैसला गरेको भन्दै उक्त फैसलाको आलोचना र फैसलाबाट बनेको सरकारलाई परमादेशी भनिएकोमा उनले आपत्ति जनाए।

उनले भने, ‘जहिले पनि परमादेशी सरकार भनिरहनुभएको छ। अदालतले आफ्नो अधिकार प्रयोग गरेको हो। फैसलालाई लिएर व्याख्यात्मक रुपमा प्रश्न गरिन्छ भने हामीले कस्तो खालको न्यायपालिकाको कल्पना गरेका हौं।’

प्रकाशित: २१ भाद्र २०७९ १२:२० मंगलबार

नेकपा एमाले