राजनीति

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङमा दलहरुले धमाधम उम्मेदवारहरु सिफारिस गर्न थालेका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्।

नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ। बिहीबारसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवार सिफारिस गर्ने नेकपा एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।

काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङसहित पूर्व राज्यमन्त्री मणि लामा, प्रदेश १ सरकारका मन्त्री प्रतापप्रकाश हाङ्गाम, सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङ र महाधिवेशन प्रतिनिधि बलबहादुर तामाङको नाम सिफारिस गरेको छ।

समानुपातिकतर्फ पूर्व जिल्ला सभापति लीलादेवी बोखिम, महाधिवेशन प्रतिनिधि युवराज गुरुङ र शीला इजमको नाम सिफारिस गरेको छ। प्रदेशसभा १(क)बाट डिल्लीरमण बराल, लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ केशवप्रसाद दाहाल, पदमसुन्दर पालुङ्वा, रामप्रसाद कङ्लिवा, मंगलबहादुर मेन्याङ्वो र सन्तोषकुमार सार्कीको नाम सिफारिस भएको छ। यस्तै महिलातर्फ शीला इजम, मीना गुरुङ, मातृकादेवी प्रसाँई र गीताकुमारी चौहानको नाम सिफारिस भएको छ।

प्रदेशसभा (ख) को प्रत्यक्षतर्फ क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको एकल नाम सिफारिस भएको छ। समानुपातिकमा भने इन्द्रकुमार केदेम, गणेशबहादुुर चोङ्वाङ, तिलप्रसाद सुब्बा, टेकबहादुर साँवा, गीताकुमारी सेन्दाङ, कविता सुब्बा, नरमाया केदेम, कल्पनादेवी सिटौला र चन्द्रमाया लिम्बूको नाम सिफारिस भएको छ।

माओवादी केन्द्रले प्रतिनिधिसभामा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग), लक्ष्मीप्रसाद अन्छङ्वो (आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस गरेको छ। यस्तै प्रदेशसभा १(क) तर्फ खेलप्रसाद बुढाक्षेत्री (पराग) र बमबहादुर भट्टराई (तारा) तथा प्रदेशसभा १ (ख) तर्फ लक्ष्मीप्रसाद अन्छङ्वो (आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस भएको छ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका वैकल्पिक केन्द्रीय सदस्य पर्शुराम कार्की, प्रदेश सदस्य तेजशमसेर भट्टराई (काजी), ठाकुरसिंह साम्सोहाङ, देउबहादुर इवाराम र गोमा चुडाँलको नाम आएको छ। यस्तै प्रदेशसभातर्फ महिलामा बिमला लिम्बू, मनकुमारी मादेन, मलिसा यक्सो र मैया न्यौपाने (सविना) को नाम आएको छ। पुरुषतर्फ प्रेमकुमार सेलिङ (संगम), पर्शुराम थोप्रा (बंशु), सागर आङबुहाङ, पूर्ण इजम लिम्बू, मिङ्माडण्डु लामा र अमरनन्द खातिको नाम आएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले समानुपातिकतर्फको नाम भने सिफासिर गरिसकेको छैन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ होमप्रसाद तुम्बाहाम्फे र उदय लिङदेनलाई सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेशसभा १ (क) मा भूपेन्द्र मावो र १ (ख) मा मुक्साम लाबुङलाई सिफारिस गरिएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने प्रदेश १ सरकारका राज्यमन्त्री समेत रहेकी बिष्णु तुम्बाहाम्फे, बिष्णुमार यक्सो र अमृता गुरुङको नाम सिफारिस गरिएको छ। प्रदेशसभाको समानुपातिकतर्फ भने इन्द्रकुमारी (इन्दिरा) मेन्याङ्वो लिम्बू, देउबहादुर (डि.वी) खुदाङ, रीता मादेन र रुपा चोङ्वाङको नाम सिफारिस भएको छ।

नेकपा एसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाँइलाई सिफारिस गरेको छ। यस्तै प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङलाई सिफारिस गर्ने निर्णय भएको नेकपा एसले जनाएको छ।

प्रदेशसभा १ (ख) को प्रत्यक्षतर्फ खेमबहादुर वने, मञ्जु पौडेल भट्टराइ र ठाकुरसिंह नाल्वोको नाम सिफारिस भएको छ। प्रदेशसभाको समानुपातिकतर्फ नीताकुमारी सिवा, अमर लोहार आरसी पोमू र देवीमाया नेपालीको नाम सिफारिस भएको छ। राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय इन्द्र थापा र राम कार्कीको नाम सिफारिस गरेको छ।

समानुपातिकतर्फ अमृत साउदेन, तेज सुनुवार, उर्मिला घिमिरे, डिल्ली विष्ट र लिला अधिकारीको नाम सिफारिस गरेको छ। प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ चन्द्र थापा र रमेश न्यौपाने तथा १ (ख) मा मनकुमार वनेम र ललितकुमार साउदेनको नाम सिफारिस भएको छ। प्रदेशसभा १ (क) को समानुपातिकतर्फ बिष्णुमाँया राई, उर्मिला घिमिरे विक, महेन्द्र पालुङ्वा र निर्मला इजम तथा १ (ख) तर्फ युवराज थापा, दीपक ओख्राबु र सुष्मा लिम्बू बोगटीको नाम सिफारिस भएको छ।

प्रकाशित: २० भाद्र २०७९ ०८:३४ सोमबार

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नेपाली काँग्रेस माओवादी केन्द्र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी