राजनीति

मोरङ १ मा कांग्रेसबाट सभापति लिम्बुसहित ४ जनाको नाम सिफारिस

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङ क्षेत्र १ बाट  मोरङ सभापति डिगबहादुर लिम्बुसहित ४ जनाको नाम सिफारिस गरेको  छ। कांग्रेस क्षेत्र नम्बर १ को बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सभापति डिगबहादुर लिम्बुसहित ४ जनाको नाम सिफासि गरेको हो।

जसमा  राम प्रसाद पोख्रेल, आरती देवि बराल र जय धर्म आर्चाय रहेका छन्। यस्तै प्रतिनिधी सभाको समानुपातिकतर्फ ललित अधिकारी, दिब्यादेबी बस्नेत र नारायण धिमालको  नाम सिफारिस गरेको छ। प्रदेश क को प्रत्यक्ष तर्फ चिरञ्जीवी थापा , अर्जुन तुम्रुक, गोमा नेपाल र विरवल थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फ खड्ग फागो, शोभा पालुङ्गा र विजय कार्कीको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र ख को प्रत्यक्ष तर्फ शंकर राई, प्रकाश बस्नेत र बृज थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिक तर्फ इन्द्र लिम्बु, सुभद्रा भट्टराई र विमल राईको नाम सिफारिस गरिएको छ।

प्रकाशित: १९ भाद्र २०७९ १०:५१ आइतबार

नेपाली कांग्रेस