राजनीति

चोलेन्द्रशम्शेरको तेस्रो दिनकाे बयान सुरू

फाइल तस्बिर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि  महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ।

समितिले उनीसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियो। बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ। पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ।  

आज सातौँ प्रश्नबाट बयान सरू हुनेछ। निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुुन बमोजिम काम गर्दै आएको वयान दिएका छन्।  

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ। उक्त समितिको  यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ।  

प्रकाशित: १९ भाद्र २०७९ ०७:१० आइतबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा