राजनीति

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई  पारित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो।

यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

प्रकाशित: १६ भाद्र २०७९ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App