राजनीति

काँग्रेसद्वारा मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस

नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा सदस्य  निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवारको नाम सिफारीस गरेको छ। प्रदेश (क) को प्रत्यक्ष तर्फ राजेश गुप्ता, सुदर्शन ठकुरी र फैयाज रयनको नाम प्रदेशसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो।

यस्तै प्रदेश (ख) को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह  र सुकदेव सिंहको नाम सिफारिस गरेको क्षेत्रनम्बर ५ का पूर्व सभापति दिलिपकुमार पोखरेलले बताए। उनका अनुसार प्रदेशको समानुपातिक तर्फ भने प्रदेश (क) बाट  ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस गरिएको जानकारी  पोखरेलले दिए।

यता प्रतिनिधि सभा तर्फको उम्मेदवारको नाम भने अझैसम्म सिफारिस नगरिएको उनले बताए। पोखरेलका अनुसार प्रतिनिधिसभा तर्फ भदौ १७ गते बस्ने बैठकले उमेदवारको नाम सिफारिस गर्नेछ। मोरङ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र नेता हसन अन्सारीले  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारमा दाबी गर्दै आएका छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०९:२७ बिहीबार

नेपाली काँग्रेस प्रदेशसभा सदस्य निर्वाचन प्रतिनिधिसभा