राजनीति

निलम्बित प्रधानन्यायाधीश जबरासँग दोस्रो दिनको बयान लिन सुरु

फाइल तस्बिर।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ। सिंहदरबारस्थित संसद सचिवालय भवनमा महाभियोग सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो।

जबरा आधा घण्टा ढिलो उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो। बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो। त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए।

प्रकाशित: १६ भाद्र २०७९ ०६:०७ बिहीबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा