राजनीति

जबराले आज ४ प्रश्नको मात्र जवाफ दिए, बाँकी बयान भोलि हुने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज नसकिएपछि भोलि (बिहीबार) पनि लिने भएको छ।

आज समितिमा उपस्थिति भएकाजबरासँगको बयान नसकिएपछि उनलाई भोलि बिहान ११ बजे फेरि बोलाइएको समितिले जानाएको छ। आज उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्।

समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा जबराले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन्।

प्रकाशित: १५ भाद्र २०७९ १०:४९ बुधबार

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा