राजनीति

‘गगन जी लड्ने त काठमाडौ ४ बाटै हो, तरपनि साथीभाईले माया गरेर अन्य जिल्लाबाट नाम सिफारिस गरिरहनु भएको छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौको क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निश्चित भएको छ।  

'उहाँ काठमाडौ ४ बाटै लड्ने निश्चित हो, तर साथी भाईहरुले माया गरेर उहाँको नाम सिफारिस गरिरहनु भएको छ। यो खुसीको कुरा हो' महामन्त्री थापाको सचिवालयले नागरिक न्युजसँग भन्यो।  

पछिल्लो समय थापाको नाममा कास्कीको क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ। ‘अन्य जिल्लाहरुबाट पनि नाम सिफारिस हुने संभावना छ’, सचिवालयले भन्यो, ‘यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं।’ सचिवालयका एक सदस्यका अनुसार विभिन्न जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरुले नाम सिफारिसका लागि अनुमति मागिरहेका छन्। 

प्रकाशित: १५ भाद्र २०७९ १०:०० बुधबार

गगनकुमार थापा