राजनीति

मोरङ–३ बाट शुनिल शर्माको नाम सर्वसम्मत सिफारिस

मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका का लागि शुनिल शर्माको नाम सिफारिस गरेको छ। मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा महाअधिवेशन प्रतिािनधि शर्माको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।  

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर –३ का सभापति गणेश खड्काले क्षेत्र नम्बर ३ मा धेरैजना आकांक्षी भए पनि बैठकले सर्वसम्मत रुपमा शर्माको नाम सिफारिस गरेको जानकारी दिए। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवार सिफरिस भएका शर्मा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक र काठमाडौं मेडिकल कलेजका अध्यक्ष पनि हुन्। उनी यस अघिको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर ३ बाटै उम्मेदवार बनेका थिए। उनी नेकपा एमालेका नेता भानुभक्त ढकालसँग पराजित भएका थिए।  

क्षेत्रीय सभापति खड्काका अनुसार क्षेत्र नम्बर ३ बाट समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस भइसकेको छ। समानुमातिकतर्फ बसन्त भट्टराई, जयराम संयोग लिम्बुको नाम खुलातर्फ सिफारिस भएको छ। यस्तै समावेशीको अल्पसंख्यामा आदिवासीतर्फ मित्रसेन योन्जन, महिलातर्फ मीना सेन्चुरीको नाम सिफारिस गरिएको छ। प्रदेशतर्फ भने उम्मेदवार सिफारिसको निर्णय भइनसकेको सभापति खड्काले जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०७९ १३:२० मंगलबार

नेपाली कांग्रेस शुनिल शर्मा