राजनीति

अपहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

क्याप्शन

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ।

अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।

सर्वोच्चले मेयर बालेनलाई ७ दिनभित्र लिखित पेश गर्न आदेश दिएको छ। 

उनले नक्सा पासको अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै अदालतको अवहेलना मुद्दामा जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा हालेका थिए।

 

प्रकाशित: १३ भाद्र २०७९ १०:५५ सोमबार

काठमाडौं महानगरपालिका बालेन शाह