राजनीति

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह आचार्य र जलस्रोत तथा उर्जा मन्त्री रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

केही बेरअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका थिए। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका थिए।

प्रकाशित: १३ भाद्र २०७९ ०९:५८ सोमबार

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह आचार्य जलस्रोत तथा उर्जा मन्त्री रातो कामी प्रदेश प्रमुख तिलक परियार े