राजनीति

कोइराला परिवार बाहिरबाट कांग्रेस सभापति बन्ने देउवा पाँचौं

काठमाडौं- शेरबहादुर देउवा नेपाली कांग्रेसमा कोइराला परिवारबाहिरबाट कांग्रेस सभापति बन्ने पाँचौं नेता भएका छन्। कोइराला परिवारबाट नेपाली कांग्रेसमा सात पटक सभापति भएको इतिहास छ।जस अनुसार २००६ को कलकत्ता महाधिवेशनबाट मातृकाप्रसाद कोइराला सभापति बने। २००९ को जनकपुर महाधिवेशनबाट बिपी कोइराला सभापति बने भने फेरी २०१७ मा बिपी कोइरालाले ले नै पार्टी हेडक्वाटर सम्हाले। बिपी पछि एकै पटक उनका कान्छा भाइ गरिरिजाप्रसाद कोइरालाले २०५३ मा काठमाडौंमा सम्पन्न महाधिवेशनमा नेतृत्व लिए। उनि

२०५७मा पोखरा महाधिवेशन र २०६२को ललितपुर महाधिवेशनमा समेत पार्टी सभापति बने। गिरिजा पछि २०६७ मा काठमाडौंमा सम्पन्न १२ औं माहाधिवेशनमा सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए।

२०५३ पछि निरन्तर कोइराला परिवारमा रहेको कांग्रेस हेडक्वाटर्र १९ वर्षपछि फेरिएको हो। यस अगाडी कोइराला परिवार भन्दा बाहिरबाट ४ जनाले पार्टीको नेतृत्व सम्हालेका छन्। जसमा टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराई रहेका छन्। कोइराला परिवार भन्दा बाहिरबाट सभापति बन्ने देउवा पाँचौ व्याक्ति हुन्।

कोइराला परिवारबाट मातृकाप्रसाद कोइराला एक पटक, विवि कोइराला दुई पटक, गिरिजा प्रसाद कोइराला तीन पटक पार्टी सभापति बनेका थिए भने सुशील कोइराला एक पटक पार्टी सभापति बने।

प्रकाशित: २४ फाल्गुन २०७२ १२:३२ सोमबार