राजनीति

चुनावपछि प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्।

आज माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका हुन्।

प्रचण्डले आन्दोलनका लागि तयार हुनसमेत निर्देशन दिएका छन्। आगामी निर्वाचनमा अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने बताउँदै उनले  कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताए। 

प्रकाशित: १२ भाद्र २०७९ १२:०७ आइतबार

अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र