राजनीति

त्रिविमा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान, इन्स्पेक्टरसहित २ विद्यार्थी नेता घाइते

त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ। आइतबार त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलन नेविसंघका विद्यार्थी समूहले सम्मेलन विथोल्ने प्रयास गर्दा झडप भएको हो।  

त्रिवि प्रशासनले पत्रकार सममेलन गरेको थियो। सोहि समयमा नेविसंघले उपकुलपतिले राजीनामा दिनुपर्ने, हुबहु प्रश्नपत्रबारे छानबिन समितिको प्रतिवेद सार्वजनिक गरिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरिरहेको थियो।

उक्त प्रदशनलाई अनेरास्ववियुले हस्तक्षेप गर्न खोज्दा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको हो।

झडपको क्रममा नेविसंघका नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघका नेता श्यामराज ओझाले बताए। उनले भने, ‘हामीले जेष्ठ २६ गतेदेखि त्रिविले हुबहु प्रश्न पत्र निकाकल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका थियौं। शुक्रबार एल्लो प्यागोडा होटलमा त्रिविको कार्यकारी परिषदको बैठक भइरहेको बेलामा फाइल जफत गरेका थियौं। फाइल हामीले त्रिविमा यति धेरै भवन हुने किन होटलमा कार्यकारी परिषदको बैठक बस्ने विश्वविद्यालयमा नै बस्नुस भनि हामीले फाइल जफत गरि शिक्षा मन्त्रीलाई बुझाएका थियौं।'  

तर, त्रिविले हाम्रो फाइल लुटियो भनि प्रेस विज्ञप्ति निकालेको र सोही विषयमा राखिएको प्रेस कन्फरेन्समा आफ्ना माग सुन्नका लागि आग्रह गर्दै प्रर्दशन गरेको उनले बताए। त्यहि प्रर्दशनमाअनेरास्ववियुले ढुंगा हानेको उनको भनाइ छ।  

त्रिविको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो। त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो।

त्रिविले यसअघि आफ्नो परिसरमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अपिल समेत गरेको थियो।

प्रकाशित: १२ भाद्र २०७९ ०७:४३ आइतबार

त्रिभुवन विश्वविद्यालय