राजनीति

राहदानी विभाग अवलोकनमा पुगेका वडाध्यक्ष भन्छन्ः नहुने काम गर्नेलाई त्यसै छोड्न हुँदैन

काठमाडौँ महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष हिरालाल तण्डुकार राहदानी विभाग अवलोकनमा पुगेका छन्। शुक्रबार काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने अभियानमा साथ दिएसँगै उनले हामी अवैध संरचना हटाउन आजैदेखि उत्रिएको बताएका हुन्।

सेवाग्राहीले नक्सा पास गर्दा भनिएको पार्किङमा अवैध संरचना बनाउने र अन्य सेवा दिने गरेको हरेक ठाँउमा आफूले अवलेकन गर्ने बताए। उनले भने, 'यो वडा नं ११ को पहिलो सुरुवात हो अब यो सुरुवात मेरो वडामा सञ्चालनमा रहिनै रहने छ।'

उनका अनुसार काउनसुलर विभागले सेवाग्राहीहरुलाई सेवा दिनको लागि बेसमेन्टमा प्रतिक्षालय बनाएको बताए। 'हामीले पहिले नै काउन्सुलर विभागलाई बेसमेन्टको प्रतिक्षालय हटाउन भनेका थियौँ तर उहाँले हटाउनु भएन त्यसैले ३१ दिनपछि आज एक्सनमा आएका हौँ। हामीले स्वतन्त्र उम्मेदवारले राम्रो काम गरेकोले नै साथ र सपोर्ट गर्न आएका हौँ होइन भने हामी किन आउने भन्नेमा थियौँ' उनले भने।

यो भन्दा पहिलाको मेयरको यस विषयमा आँखा नगएको र काम गर्न नभएको उनले बताए। उनले जनताले भोट दिएर जिताए भन्दैमा नहुने काम गर्नेलाई छोड्न नहुँने बताए। 'अब यस्तो संरचना भएका भवनहरुको संरचना आफैंले हटाउन नपरोस् होइन भने हामी अर्को पटक आँउदा राम्रो हुन सक्दैन' उनले भने।

प्रकाशित: १० भाद्र २०७९ १०:२६ शुक्रबार

काठमाडौँ महानगरपालिका