राजनीति

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए।

उनले भने, 'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।

अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए। निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे।

प्रकाशित: १० भाद्र २०७९ ०७:४१ शुक्रबार

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला नीय तहको निर्वाचन