राजनीति

राणा विरूद्धका प्रमाण उपलब्ध गराउन महाअभियोग सिफारिस समितिको माग

फाइल तस्बिर।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराउन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ।

समितिले शुक्रबार गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ’, समितिको सूचनामा भनिएको छ।

समितिले राणालाई बयानका लागि भदौ १५ मा बोलाएको छ। राणाविरूद्धको महाअभियोगमा २१ आरोप लगाइएको छ।

 

प्रकाशित: १० भाद्र २०७९ ०६:३३ शुक्रबार

महाअभियोग सिफारिस समिति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा