राजनीति

अल्फाबिटाको अवैध संरचनामा महानगरले डोजर चलायाे

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाइएकाे छ। अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै महानगरले अल्फाबिटाकाे संरचना भत्काएकाे हाे।

अल्फाविटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आराेप लागेको ओम्नी समूहसँग आवद्ध छन् । सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समुह माथि लागेको थियो । 

बिहान मेयर बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो। बालेनले उनीहरुसँग नक्सा मागेका थिए, तर उनीहरुले महानगरमै भएको जवाफ दिएपछि बालेन आक्रोशित बनेका थिए।

प्रकाशित: ९ भाद्र २०७९ ०९:५५ बिहीबार

काठमाडौं महानगरपालिका