राजनीति

तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको सुझाव कार्यानवयन गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिएकी हुन्।

उनले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिइन्। समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ, वन, उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ।

उनले भनिन्,‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ। अन्तरमन्त्रालय अन्तर्गत अर्थ मन्त्रालय, वन, उर्जा मन्त्रालय समेतलाई तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ। आयोजनासँग सम्बन्धित मन्त्रालयहरुले आगामी दिनमा समितिले दिएको निर्देशन पालना गरेर सहयोग गर्ने आशा रहेको छ।’

सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताइन्।

प्रकाशित: ८ भाद्र २०७९ ०८:५३ बुधबार

प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजना विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समिति सभापति पूर्णकुमारी सुवेदी