राजनीति

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ।

विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो मुलुकमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन।

कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नु परेको थियो।

प्रकाशित: ७ भाद्र २०७९ ०९:३४ मंगलबार

विदेशी नागरिक काठमाडौंको त्रिभुवन विमानस्थल