राजनीति

प्रतिनिधिसभामा नेता गिरीको शोक प्रस्ताव पारित

प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।

गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित हुन् भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित: ६ भाद्र २०७९ ०८:२१ सोमबार

प्रतिनिधि सभा प्रदीप गिरी नेपाल मेडिसिटी अस्पताल