राजनीति

काँग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

नेपाली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट साढे  दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ। शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ।  

आर्यघाटमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ।  

प्रतिनिधिसभा सदस्य गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो। उनको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो।रासस

प्रकाशित: ५ भाद्र २०७९ ०८:५० आइतबार

नेपाली काँग्रेस नेपाली कांग्रेसका सांसद प्रदीप गिरी