राजनीति

पार्टी विभाजन र गठबन्धनका कारण एमाले अप्ठ्यारो स्थितिमा छ: नेता पाण्डे

फाइल तस्बिर।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विभाजन र गठबन्धनका कारण २०५६ को चुनावमा जस्तै आगामी चुनावमा पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन्।

आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अप्ठ्यारो र चुनौतीकाबीच पनि एमाले चुनावको तयारी गरिरहेको बताए। कार्यक्रममा उनले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन। अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौती हाम्रा सामु छन्। यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं।’

गठबन्धन समस्या समाधानका लागि भने पनि आफैं समस्या बनेर आएको र यसले मुलुकलाई थप संकटतिर लैजाने पाण्डेले बताए। ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो। ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ।’,उनले भने।  

महाधिवेशनपछि एमालेमा १० भाइ भन्ने अध्यायकै अन्त्य भइसकेको दाबी गरे।

प्रकाशित: ५ भाद्र २०७९ ०६:५८ आइतबार

सुरेन्द्र पाण्डे नेकपा एमाले