राजनीति

विप्लव नेतृत्वद्वारा पक्राउ पुर्जीविरुद्ध विरोध

विप्लवको विरोध सभा।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रोल्पामा विरोध सभा गरेका छन्। नेकपाका महासचिव नेत्रबिक्रम चन्द लगायतका कार्यकर्ताका नाममा पक्राउ पुर्जी जारी गरेको विरोधमा उक्त सभा गरिएको हो।

जेलमा रहेका कार्यकर्ताको रिहाइ, महँगी र भ्रष्टाचारविरुद्ध उनीहरुले पटक-पटक आन्दोलन गर्दै आएका छन्। भाद्र १ गते जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री समक्ष माग पत्र पेश गरेका उनीहरुले विरोध सभामा सरकारविरुद्ध चर्को आलोचना गरेका थिए। कार्यक्रममा बोल्दै नेकपाका सन्तोष सुवेदी प्रयास लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ४ भाद्र २०७९ १५:४४ शनिबार

विप्लव नेतृत्वको नेकपा नेकपाका महासचिव नेत्रबिक्रम चन्द