राजनीति

उम्मेदवार बन्न जसपामा २ मापदण्ड र ७ योग्यता प्रस्ताव

फाइल तस्बिर।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सतारुढ दल जनता समाजवादी पार्टी(जसपा)ले उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता चाहिने प्रस्ताव गरेको छ।

राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले शुक्रबार मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्। उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सकृयता, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ।  

उम्मेदवारहरुको योग्यता यसप्रकार रहेको छ :  

१) पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने।

२) पार्टीको समितिमा संगठित र सकृय रहेको। ३) पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने।

४) स्वच्छ सामाजिक छवी तथा नैतिकवान भएको।

५) निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको।

६) सम्वन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको।

(७) सुशासनको प्रत्याभुत गर्नसक्ने।

प्रकाशित: ३ भाद्र २०७९ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App