राजनीति

धरानमा फोहोर छैनः मेयर साम्पाङ

धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमा आएका 'धरानमा फोहोर व्यवस्थापन नभएको' भन्ने खबर झुटो भएको बताएका छन्।

उनले धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण भएको बताएका छन्। उनले शुक्रबार आफ्नो फेसबुक लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको खबर पनि  झुटो भएको बताए।

लाइभमा बोल्दै उनले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन्। 'धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु।' उनले भने।

प्रकाशित: ३ भाद्र २०७९ ०७:२२ शुक्रबार

धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राई