राजनीति

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताए। सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए। उनले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताए।

वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताए। सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताए। उनले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताए।

प्रकाशित: २ भाद्र २०७९ १३:०७ बिहीबार

नेपाली काँग्रेसका सांसद गगनकुमार थापा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभाको बैठक