राजनीति

राष्ट्रपतिको कदम स्वागतयोग्य,नागरिकता विधेयक खारेज गर्नुपर्छ: राष्ट्रिय जनमोर्चा

फाइल तस्बिर।

राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक खारेज गरेर अर्को विधेयक ल्याउनुपर्ने बताएको छ।  

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्दै विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरिन्। उनले नागरिकताको विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने माग गरिन्। नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय र विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन्।  

संसदमा बोल्दै उनले भनिन्, ‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हामी फिजी हुने सम्भावना पनि छ। प्रायजसो देशमा सर्टेन टाइम राखेको पाइन्छ।’

उनले वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने बताइन्।

प्रकाशित: २ भाद्र २०७९ ०७:५२ बिहीबार

राष्ट्रिय जनमोर्चा नागरिकता विधेयक दुर्गा पौडेल