राजनीति

माओवादी केन्द्रले भोलि पदाधिकारी टुंग्याउने

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रले बिहीबार पार्टी पदाधिकारी टुंग्याउने भएको छ। साथै पार्टीको सांगठनिक कमिटीलाई पनि पूर्णता दिने भएको छ।  

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे विस्तृत छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउने गरी छलफल अघि प्रवक्ता महराले बताए । बैठकपछि उनले भने, ‘सबैमा विस्तृत छलफल गर्‍यौँ, भोली बिहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो,पदाधिकारी पनि भोली नै टुंग्याउछौँ।’  

गत पुसमा माओवादी केन्द्रको महाधिवेशन भएको थियो। त्यतिबेला अध्यक्षबाहेक अरु पदाधिकारीको टुंगो लगाउन सकेको थिएन।

प्रकाशित: १ भाद्र २०७९ ११:०६ बुधबार

नेकपा माओवादी केन्द्र कृष्णबहादुर महरा