राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक: चुनाव चिन्हबारे छलफल हुने

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा सुरु हुनेछ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ। साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ।  

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो।

प्रकाशित: १ भाद्र २०७९ ०४:४३ बुधबार

नेकपा (माओवादी केन्द्र