राजनीति

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

फाइल तस्बिर।

प्रतिनिधिसभाको आजको बैठकले  राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए। सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो। रासस

प्रकाशित: ३१ श्रावण २०७९ ०८:५७ मंगलबार

प्रतिनिधिसभा बैठक राष्ट्रियसभा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू सांसद प्रेम सुवाल र घनश्याम खतिवडा ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८