राजनीति

निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

विवेकशील साझाले अध्यक्षमा समीक्षा बाँस्कोटा र सञ्जीववल्लभ भट्टराईको संयोजकत्वमा आज निर्वाचन आयोगमा दल गर्ने भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनको लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्।

विवेकशील साझाले आइतबार केन्द्रीय समिति बैठक गरे पनि पार्टीले लिने विचारबारे भने कुनै निर्णय लिइसकेको छैन।

मिश्र अध्यक्ष हुँदा ‘विचारभन्दा माथि देश’ सिद्धान्त ल्याएका थिए। अब यसको निरन्तरता हुने वा नहुने भन्ने अहिले नै निर्क्यौल भइसकेको छैन। अब बस्ने केन्द्रीय समिति बैठकले विचारबारे छलफल गर्ने तयारी छ।

प्रकाशित: ३० श्रावण २०७९ ०६:१४ सोमबार

विवेकशील साझा पार्टी समीक्षा बाँस्कोटा सञ्जीववल्लभ भट्टराई