राजनीति

फोहोरमा राजनीति नगरौं: साह

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको फोहोर मैला सदाकालको लागी बन्द गर्ने घोषणा गरेका छन्। १७ वर्षदेखि काठमाडौँ महानगर लगाएत अन्य धेरै नगरपालीकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समयमा कुडुल्ले बन्चरेमा फोहोर अव्यवस्थित तरिकाबाट फाल्दै आएको भन्दै  धुनिवेशी नगरपालीका १, नेपाली कांग्रेसका सभापती पुर्ण सिंह तामाङ, धुनिवेशी नगरपालीका १,  नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ, धुनिबेशी नगरपालीका १, एकिकृत नेकपा समाजवादीका अध्यक्ष  भिषण धिताल सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु फोहोर मैला सदाकालको लागी बन्द गर्ने घोषणा गरेका हुन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गरेका छन्। साहले आफ्नो फेसबुकमा लेख्दै भनेका छन, 'बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन्। भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ। यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो।'

साहले संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको बताएका छन्। उनले त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने बताएका छन्। 'असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ?। राजनीति त्यस्तो हुदैन।  यसमा हेक्का राखौँ।' उनले आफ्नो फेसबुकमा लेखेका छन्।

महानगरले केही अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने तयारी गरेको थियो। तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध भयो। एउटा कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने आर्को फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने। यसलाई पनि महानगरले समाधान गरेको बताएको छ। विभिन्न अवरोधका बाबजुद आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए।

प्रकाशित: २९ श्रावण २०७९ १४:५८ आइतबार