नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले वर्तमान गठबन्धन सरकार व्यक्तिगत र आफ्नो अनुकुल म्याडेडका कारण असफल भएको आरोप लगाएका छन्। उनले देशे अप्ठ्याराे र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै अहिले देशका आर्थिक लगातयका हरेक क्षेत्र असफलता तिर उन्मुख भएको बताए।
नेकपा एमाले कपिलवस्तुले जितपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले वर्तमान सरकारले संसद र देशमा कुनै परिणाम दिन नसकेको बताए। एमालेको व्यापक दवावका कारण सरकारले समयमै चुनावी मिति घोषणा गरेको उनले बताए।
उनले सर्वोच्चको प्रमादेशबाट बनेको वर्तमान सरकारले प्रधानन्यायाधिसलाई नै निलम्बन गरेर पंगु बनाएको समेत आरोप लगाए। ‘ अहिले संसद बिजनेशविहीन छ, सर्वोच्च अदालत समेत काम र परिणामा दिन सकेको छैन’ उनले भने। संसदलाई समेत बिजनेस दिन नसकेको वर्तमान सरकारको हैसियत र क्षमतामा समेत प्रश्न उठेको उनले बताए।
'सरकार न त जनादेश मा न संसदको आदेशमा चलेको छ' उनले भने। उनले देश चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै धेरै दिन यस्तो अवस्थासम्म राख्न नहुने भएका कारण चुनावको मिति घोषणा गर्न दवाव दिईएको बताएका थिए। नेपाली कांग्रेसको नेतृत्वमा २७ वर्ष र एमालेको नेतृत्वमा ७ वर्ष सरकार चल्दा जनताले प्रत्यक्ष परिवर्तन कुन सरकार हुदाँ भयो भन्ने स्पष्ट बुझेकोले जनताले अबको निर्वाचनमा दुधको दुध पानीको पानी छुट्याउने बताए।
कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश ईन्चार्ज झबीलाल बिश्वकर्मा, पोटिलब्यूरो सदस्य बिमला घिमिरे, नेता बिष्णु पनथी लगायतले मन्तब्य दिएका थिए। पार्टीले आगामी निर्वाचनलाई लक्षित गरी देशब्यापी अभियान अन्तर्गत प्रशिक्षण संचालन गरेको हो।
प्रकाशित: २९ श्रावण २०७९ १२:१४ आइतबार