राजनीति

साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको गठन गरी काम गरिरहेको पनि स्मरण गराए।

प्रतिभा राणाद्वारा लिखित ‘गहिर्‍याई’ र ‘कर्टेन अफ माया’ नामक कविता संग्रहको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उनले पुरुष बर्चश्व रहेको नेपाली साहित्यमा महिला साकित्यकारहरुको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनीहरुलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले नाताले सासुआमा भएपनि राणाले कविता लेख्छिन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए। प्रधानमन्त्री देउवाले राणाका दुवै कविता संग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको स्पष्ट पारे।

कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिक र समाजसेवीको पहिचान समेत बनाउनु भएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरुले दुई वटा कविता संग्रहको जन्म गराएको बताएका थिए।

प्रकाशित: २८ श्रावण २०७९ १३:१५ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा ‘गहिर्‍याई’ र ‘कर्टेन अफ माया’