राजनीति

माधव नेपाललाई कोरोना संक्रमण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएपछि आज गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटीभ देखिएको हो।

नेपालले घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७९ १५:५१ बिहीबार