राजनीति

राप्रपाले वृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार काठमाडौँकाे गौशालामा वृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ।

पार्टीको अध्यक्षता राजेन्द्र लिङ्देनले गरेसँगै बढेको पार्टीको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको आयोजक राप्रपा काठमाडौँ (वडा नं ९) इकाई कमिटीले जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथिमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, विशिष्ट अतिथिमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी, पूर्व गृहमन्त्री बुद्धिमान तामाङका साथै पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही रहने छन्।

उक्त कार्यक्रममा सयौँको संख्यामा युवाहरूलाई राप्रपा प्रवेश गराइने आयोजकले जनाएको छ। कार्यक्रम गौशलास्थित स्वच्छन्द पार्टी प्यालेसमा शनिबार बिहान ९ बजेदेखि हुने बताइएको छ।

प्रकाशित: २६ श्रावण २०७९ ११:०२ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)