राजनीति

निर्वाचनको प्रारम्भिक रणनीति तयार गर्न एमालेको सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंसिर ४ गतेको निर्वाचनको प्रारम्भिक रणनीति तयार गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो १२ बजे केन्द्रिय पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ।

कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बिहीबारको बैठकमा पार्टीले सात वटै प्रदेशमा हालै सम्पन्न गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा हुनेछ।

यसैगरी देशभर पार्टीको अवस्था र जनमतबारे पनि समीक्षा तथा विश्लेषण गर्ने एजेण्डा तय गरेको छ।

सचिवालय बैठकले स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रिय कमिटिको बैठक बोलाउने निर्णय पनि गर्नेछ। ती बैठकले चुनावी घोषणापत्र, रणनीति मस्यौता तयारी उपसमितिहरु गठन गर्ने जनाइएको छ।

एमालले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीमा उपाध्यक्ष बिष्णु पौडेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाड।, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा बादल र सुदुरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई खटाएको थियो।

प्रकाशित: २६ श्रावण २०७९ ०५:४९ बिहीबार

नेकपा एमाले सचिवालय बैठक