राजनीति

नागरिकतामा अपमान गरेर नाम राख्ने प्रशासकीय अधिकृतलाई निलम्बन गर्न माग

नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर, कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद जैरुले प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न माग गर्दै काठमाडौँको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताएकी हुन्। उनले काठमाडौँको फोहोर व्यवस्थापनको लागि काठमाडौँ महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताइन्। 

उनले भनिन्, ‘काठमाडौँको फोहोर काठमाडौँका मेयरलाई जिम्मा लगाएर हुन्छ? संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ। चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन। काठमाडौँको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर, कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ। त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ। स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न माग गर्दछु।’ उनले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताइन्।

प्रकाशित: २४ श्रावण २०७९ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App