राजनीति

सिट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक बस्दै

फाइल तस्बिर।

निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। कार्यदलको पहिलो बैठकमा सिट बाँडफाँडको मोडालिटीका विषयमा छलफल हुनेछ।

गठबन्धनले सिट बाँडफाँडका बिषयमा छलफल गर्न ११ सदस्यीय कार्यदल गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेका छन्। कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् भने नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन्। जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

प्रकाशित: २३ श्रावण २०७९ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App