राजनीति

विवादित मन्त्री लामाको कार्यकाल आजबाट सकियो

मूर्ती चोरीको आरोप लागेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएको छ। मूर्ती चोरीको आरोप लागेपछि उनी विवादित बनेका थिए।  

विवादित लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका थिए।  

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्य नभई मन्त्री बनेकाहरु ६ महिनाभित्र प्रदेशसभा सदस्य हुनुपर्नेछ, अन्यता स्वतः पद रिक्त हुनेछ। सोही अनुसार लामाको कार्यकाल सोमबार सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मन्त्री लामाको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ। सांसद शाही अघिल्लो पटक नै मन्त्री बन्ने चर्चामा थिए। 

प्रकाशित: २३ श्रावण २०७९ ०८:१८ सोमबार

छिरिङ डम्डोल (कार्चेन) लामा