राजनीति

देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

फाइल तस्बिर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।

देउवाले शीर्ष नेताहरुलाई आगामी निर्वाचनको बारेमा छलफलका लागि बोलाएका बुझिएको छ।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्नका लागि उनले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच आउँदो निर्वाचनमा पनि तालमेल गर्ने सहमति भइसकेको छ।

प्रकाशित: २३ श्रावण २०७९ ०३:४७ सोमबार

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा