राजनीति

निर्वाचनमा सरकार समावेशीको प्रावधान मिचेर जान खोजे स्वीकार्य हुंदैन: सांसद पाण्डे

फाइल तस्बिर

नेकपा एमालेकी सांसद विन्दा पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचनमा सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावधान मिचेर जान खोजे स्वीकार्य नहुने बताइन्।  

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पाण्डेले निर्वाचनमा सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावधान मिचेर जान खोजे स्वीकार्य नहुने बताएकी हुन्।

उनले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनमा १६३ पालिकामा गठबन्धनको नाममा महिलालाई कार्यकारी पदहरण गरेको बताइन्। पाण्डेले राज्यका हरेक निकायहरुमा लैंगिक आधारमा समावेशी सहभागिता हुनुपर्ने सवैधानिक प्रावाधान कुल्चने काम गरेको बताइन्।  

प्रकाशित: २२ श्रावण २०७९ ०८:०४ आइतबार

नेकपा एमालेकी सांसद विन्दा पाण्डे