राजनीति

राष्ट्रपतिबाट डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छिन्।  

राष्ट्रपतिको तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन्।  

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए। 

प्रकाशित: २२ श्रावण २०७९ ०६:१६ आइतबार

राष्ट्रपति विद्यादेवी भण्डारी सांसद प्रदीप गिरी